
सरकारले वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका नेपालीले पनि निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष ०८०/८१ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ ।
संसद्को संयुक्त बैठकमा नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ ।’