मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १३ शनिबार
  • Saturday, 30 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ५ शुक्रबार १७:०३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सरकारले उद्योगमा विद्युत् आपूर्तिको ग्यारेन्टी गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ५ शुक्रबार १७:०३:००

सरकारले औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिको ग्यारेन्टी गर्ने नीति ल्याउने भएको छ।

अहिले उद्योगहरूमा ‘पिकआवर’मा तीन घन्टासम्म विद्युत् कटौती भइरहेको छ। तर, अब त्यस्तो अवस्था आउन नदिने गरी नीति ल्याइने सरकारको भनाइ छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदमा आगामी आव ०८०–८१ को नीति तथा कार्यक्रम  प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

साथै, सरकारले निजी क्षेत्रसँगको सहकार्यमा औद्योगिक पूर्वाधार निर्माण गर्ने नीति ल्याउने भएको छ। यसैगरी सम्बन्धित उद्योगले आफैँ पहुँचमार्ग, प्रसारण लाइन बनाएमा लगानीको निश्चित रकम  शोधभर्ना दिइने उनको भनाइ छ।