लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको छ। बेइजिङकाे समय शुक्रबार बिहान १०ः५७ सो भूकम्प गएकाे हाे।  

चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार भूकम्पकाे केन्द्रविन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा छ।

उक्त भूकम्पपछि भानुआटु, फिजी र न्युक्यालेडोनियामा सुनामी आउन सक्ने चेतावनी दिइएकाे छ। यसबारे विस्तृत विवरण आउन बाँकी छ। 

सुझावित समाचार