मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ४ बिहीबार १९:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिवशिखर सहकारीमा १४ अर्ब हिनामिना : थप एक सञ्चालक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ४ बिहीबार १९:३५:००

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिवशिखर बहुउदेश्यीय सहकारी संस्थाको करिब १४ अर्ब निक्षेप हिनामिनामा संस्थाका थप एक सञ्चालक पक्राउ परेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार सञ्चालक अमिस राजभण्डारीलाई पक्राउ गरेको हो। यसअघि हिनामिनामा संलग्न गीता शर्मा र पुष्कर मल्ललाई सिआइबीले पक्राउ गरिसकेको छ। 

गीता र उनका श्रीमान् केदारनाथ शर्माको नेतृत्वमा सहकारीमा हिनामिना भएको प्रहरीले जनाएको छ। सिआइबीको अनुसन्धानमा उनीहरूले मात्र १० अर्ब हिनामिना गरेको भेटिएको छ। 

संस्थाका पूर्वअध्यक्ष केदारनाथ फरार छन्। उनीहरूले सहकारीको पैसा नियमविपरीत आफ्ना एक दर्जन कम्पनीमा लगानी गरेका हुन्। यही कारण सहकारी धराशायी भएपछि निक्षेपकर्ताहरूको पैसा फिर्ता गर्न नसक्ने अवस्था आएको थियो। सो सहकारी हाल बन्द छ। 

सहकारी विभागले यसअघि नै सो सहकारीका सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न विभिन्न निकायलाई पत्राचार गरिसकेको छ। 

सिआइबीमा हालसम्म करिब १० करोड ठगीको जाहेरी परिसकेको छ। हाल भक्तपुर शाखामा कारोबार गरेका निक्षेपकर्ताको मात्र जाहेरी लिइएको र भक्तपुरको सकिएपछि काठमाडौं र भक्तपुरको लिइने सिआइबीका डिएसपी गोविन्दराज काफ्लेले बताए। 

उपत्यकाका तीनै जिल्लामा सो संस्थाका शाखा छन्। उपत्यकाबाहिरको हकमा भने सम्बन्धित जिल्लाका प्रहरी कार्यालयले नै अनुसन्धान गर्ने भएकाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आह्वान गरिएको छ। 

विराटनगर, पोखरा, हेटौँडा, भरतपुर, बुटवल, बाग्लुङ, कञ्चनपुर, कैलालीलगायत जिल्लामा संस्था  निक्षेपकर्ताहरू प्रहरीमा उजुरी दिन थालेका छन्। सञ्चालकका साथै संस्थाका कर्मचारीसमेतको मिलेमतोमा रकम हिनामिना भएको प्रहरीले जनाएको छ।