२३ अंकले बढ्याे नेप्से, कारोबार रकममा पनि सुधार

बुधबार, ३ जेठ, २०८०
डिजिटल संस्करण

मंगलबार सामान्य अंकले बढेको सेयर बजार आज दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज २३.३९ अंकले बढेर १८४५.०१ विन्दुमा पुगेको छ।

आज सबै समूहको सेयर बढेको छ। यसमा पनि बिमा, विकास बैंक र जलविद्युत् समूहको सेयर उच्च अंकले उकालो लागेको छ।

आज नेप्सेसँगै कारोबार रकममा सुधार आएको छ। दुई सय ६६ वटा कम्पनीका २५ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा  ८५ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

यसमा पनि सबैभन्दा धेरै शिवम् सिमेन्टको पाँच करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशत तथा इस्टर्न हाइड्रोपावर लिमिटेड, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड र आदर्श लघुवित्तको सेयर साढे नौ प्रतिशतभन्दा धेरै बढेको छ।
 

सुझावित समाचार