मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ ३ बुधबार ०८:५०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जैसवालले जिते हेटौँडा मेयर कप

Read Time : < 1 मिनेट
२०८० जेठ ३ बुधबार ०८:५०:००

नेपाल बुद्धिचाल च्याम्पियन रूपेश जैसवालले हेटौँडा मेयर कप राष्ट्रव्यापी खुला रेटिङ प्रतियोगिताको उपाधि जितेका छन् । हेटौँडामा पाँच दिनसम्म चलेको प्रतियोगितामा जैसवालले सर्वाधिक अंक बटुल्दै उपाधि र एक लाख रुपैँयाँ हात पारे । फिडे मास्टर सुरवीर लामा दोस्रो स्थानमा रहे । उनले ५० हजार रुपैयाँ जिते । अनिल राजवाहकले तेस्रो स्थानमा रहँदै २५ हजार रुपैयाँ जितेका छन् । 

प्रतियोगितामा २१ जना खेलाडी पुरस्कृत भएका छन् । प्रतियोगितामा चौथो स्थानमा विलमलाल श्रेष्ठ रहे । उनले २० हजार रुपैयाँ जितेका छन् । पाँचौँ स्थानका सुस्रत दाहालले पनि २० हजार रुपैयाँ हात पारे । पुरुषोत्तम चौलागाईं, कृष्ण थापा, क्षितिज भण्डारी, निकेन कुवास्थ तथा श्रीलंकाकी एसडी रणसिंगेले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट स्थानीय खेलाडी सुन्दर कार्की, महिला खेलाडी सिन्धिरा जोशी र उत्कृष्ट भेट्रान नवीन तण्डुकार घोषित भएका छन् । 

यसैगरी, यू–१२ मा अबिन पाण्डे, उत्कृष्ट यू–१४ आयुष डेमनदौरा र यू–१६ तर्फ पुरुषोत्तम सिलवाल विजेता बनेका छन् । 
यू–१८ मा रिसोन थापा, बेस्ट अनरेटेडमा रूपेशप्रसाद पालिखेल र बेस्ट रेटिङ १४०० मा सुजन कुमाल बने । उत्कृष्ट खेलाडीहरूले जनही १० हजार रुपैयाँ जितेका छन् । मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौँडा चेस क्लबको आयोजनामा भएको प्रतियोगितामा विजेता खेलाडीहरूलाई बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पुरस्कृत गरिन् । उनले बुद्धिचाल खेललाई बागमती प्रदेशको पाठ्यक्रममा समावेश बनाउने सुझावका आधारमा सम्बन्धित संघसस्थाहरूसँग समन्वय गरिने बताइन् ।