
कांग्रेसले पूर्वगृहमन्त्री बालकृष्ण खाणबारे मुख खोलेको छ। मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुसन्धानको अन्तिम टुंगो नलाग्दासम्म केही भन्न नसकिने बताए।
पत्रकार सम्मेलनमा उनले भने, ‘दोषी को हो अनुसन्धान निष्कर्षमा नपुगी भन्न सकिँदैन। पार्टीको पूर्ण सहयोग हुन्छ। उहाँले म निर्दोष छु। निर्दोष साबित गर्छु भनिरहनुभएको छ। रायमाझीको केस फरक छ। जे हुन्छ अनुसन्धानको अन्तिम टुंगो लागेपछि थाहा हुन्छ।’
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा मुछिएपछि खाण अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।