मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख ३१ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ३१ आइतबार १५:३३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ९० करोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ३१ आइतबार १५:३३:oo

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा झरेको छ।

दुई सय ६३ कम्पनीका २७ लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा ९० करोड पाँच लाख रुपैयाँबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै नागरिक लगानी कोषको ५३ करोड पाँच लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

आज लगानीबाहेक सबै समूहको सूचक ओरालो लागेका छन्। लगानी समूहको सूचक १.१३ प्रतिशतले बढेको छ।

आज आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.३७ प्रतिशतले घटेको छ।