१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

वेबसिरिज ‘प्रीतको रित’को ट्रेलर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:५o:oo

‘डिनेस्ट इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको वेबसिरिज ‘प्रीतको रित’को ट्रेलर सार्वजनिक गरिएको छ।

पछिल्लो समय युवापुस्तामा सिरिजको आकर्षण बढ्दै गएकाले सिरिजमा युवापुस्ताको कथालाई समेटिएको निर्देशक शंकर कोइरालाले बताए। उनका अनुसार चाँडै वेबसिरिजका एपिसोड प्रसारण गरिनेछ।

कविता न्यौपाने मुख्य भूमिकामा छिन् भने अमरप्रताप श्रेष्ठ र रविन सुवेदीले यही सिरिजमार्फत चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएका छन्। दिलीप केसीले निर्माण गरेको सिरिजमा सहनिर्माताका रूपमा हरि श्रेष्ठ रहेका छन्।

सिरिजमा अनामिका लामिछाने, सुजाता पाण्डे, विकल्प श्रेष्ठ, वृन्दा खतिवडालगायतको अभिनय रहेको छ।

ad
ad