१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गोदावरी ३ मा पुनः मतगणना नहुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५२:oo

गत वर्ष वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिका ३ मा मतगणना गर्दा धाँधली भएको भन्दै उम्मेदवार श्रीराम आचार्यले दर्ता गरेको रिट खारेज भएको छ । उच्च अदालत पाटनले निर्वाचनसम्बन्धी पुनः मतगणनाको मुद्दा विनाआधार, विनाप्रमाण दर्ता भएको र पुष्टि हुन नसक्ने भन्दै बुधबार रिट खारेज गरेको हो । 

उक्त क्षेत्रमा एमालेबाट श्रीराम आचार्य र गठबन्धनबाट माओवादी केन्द्रका राज घिमिरे उम्मेदवार थिए । घिमिरे निर्वाचित भएलगत्तै आचार्यले मतगणनामा धाँधली भएको भन्दै अदालत पुगेका थिए । घिमिरे १०५९ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीराम आचार्यले १०४९ मत प्राप्त गरेका थिए । 

ad
ad