
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम तर्जुमा र बजेट नागरिकका चाहनामा आधारित बनाउने घोषणा गरेको छ । यसका लागि अनलाइनमार्फत सल्लाह सुझाव दिन महानगरले आग्रह गरेको छ । सल्लाह सुझाव संकलनका लागि महानगरले अनलाई संयन्त्र निर्माणसमेत गरेको छ ।
सर्वसाधारणले अनलाइनमार्फत महानगरको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कस्ता नीति, कार्यक्रम, बजेटलगायत विषयमा सुझाव दिन सकिने महानगरले जनाएको छ । बजेट शीर्षकले समेट्न नसके अन्य शीर्षकमा गएर पनि सुझाव दिन सकिनेछ । नागरिकका परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय र योजनाको विवरण ९ जेठभित्र पठाइसक्नु पर्नेछ ।
सर्वसाधारणले मेयरडटसेक्टएडदरेट काठमाडौंडटजिओभीडटएनपीमा मा वा नगर कार्यपालिकाको कार्यालयमा पुगेर सुझाव दिन सक्नेछन् । यस्तै, महानगरसँग पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, कार्यालय सञ्चालन तथा प्रशासन सञ्चालन र सुशासन तथा अन्तरसम्बन्धित सुझाव इसजेसनडटकाठमाडौंडटजिओभीडटएनपीमा पनि दिन सक्नेछन् । वेब पेजमा राखिएका २३ वटा शीर्षकमा कतिवटा सुझाव प्राप्त भए भन्ने विवरण पृष्ठमै हेर्न सकिन्छ ।