
कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । खातावालाको परिवारको तर्फबाट हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण गरेको हो । उक्त रकम बैंकको नेपालगन्ज शाखाबाट हस्तान्तरण गरिएको हो ।
‘कुमारी परिवार सुरक्षा बचत खाता’अन्तर्गत खातावालसहित परिवारका चार सदस्यले २६ लाख रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सो खातामा दुर्घटना मृत्यु, चिकित्सा उपचार र गम्भीर रोगका लागि बिमा सुविधासमेत रहेको बताइएको छ । बैंकले देशभरका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटिएम तथा ६२ शाखारहित बैंकिङ एकाइमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।