१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २७ बुधबार १५:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेथितिले हाम्रो अनुहार लत्पतियो, शीर्ष नेताको सम्पत्ति छानबिन हुनुपर्छ : मन्त्री गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २७ बुधबार १५:४७:oo

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ठूला नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूले धेरैपटक पार्टीको केन्द्रीय समितिमा र संसदमा समेत यसबारेमा कुरा उठाइसकेको भन्दै दलका शीर्ष नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताए।

उनले विकृति, विसंगति, बेथितिले नेताहरूको अनुहार लत्पतिएको भन्दै सबै ठूला नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने तर्क गरे। उनले देश रूपान्तरणका लागि पहिला आफैँ रूपान्तरण हुन जरुरी रहेको बताए।

उनले भने, ‘विकृति, विसंगति, बेथितिले हाम्रो अनुहार लत्पतिन थाल्यो, यो दल त्यो दल होइन सबै चुर्लुम्म डुब्यो भनेर केन्द्रीय समितिमा ठूला नेताको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर बहस छेडेको थिएँ । नेपालीलाई पनि भुटानी शरणार्थी बनाइयो, यसमा अनुसन्धान हुनुपर्छ भनेर मैले पहिला भनेको हो । हामी मुलुकको रूपान्तरण खोज्छौँ भने हामीले सबैभन्दा पहिला आफैँ रूपान्तरण हुन आवश्यक छ । भ्रष्ट प्रवृत्तिको अन्त्य हुनैपर्छ । जबसम्म भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताका साथ कारबाही गर्दैनौँ, तबसम्म भइरहन्छ।’

मन्त्री गुरुङले भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताका साथ भ्रष्टाचारीमाथि कारबाही नभएसम्म भ्रष्टाचार चलिरहने बताए।