१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०८० बैशाख २६ मंगलबार ११:५२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिलले ल्यायो तीनवटा बिमा सुविधासहितका नयाँ बचत खाता

Read Time : < 1 मिनेट
२०८० बैशाख २६ मंगलबार ११:५२:००

नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले उच्चतम ब्याजदर र तीनवटा बिमा सुविधासहितका बचत खाता सञ्चालनमा ल्याएको हो । 

यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बिमाबापत एक लाख रुपैयाँ, दुर्घटना बिमाबापत १० लाख रुपैयाँ र प्राणघातक रोग बिमाबापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउने जनाइएको छ । त्यस्तै, यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट तथा मेरो सेयरको सुविधा पाउन सकिने बैंकले जनाएको छ । महिनामा पाँचपटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको उल्लेख छ ।

नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको जनाइएको छ । साथै, लकरको सुविधा पनि रहेको यस खातामा पहिलो वर्ष लकर निःशुल्क रहने तथा दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था रहेको बैंकले जनाएको छ । ७.४० प्रतिशत ब्याजदर रहेको यो खाता खोल्नका लागि ग्राहकले न्यूनतम एक लाख रुपैयाँ जम्मा गर्नुपर्ने सर्त रहेको छ ।