१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१२:oo

महात्मा गान्धी ‘चर्खा संघ’का लागि आर्थिक संकलन गर्न यात्रामा थिए । यसै सिलसिलामा उनी उडिसा पुगेका थिए । एक गाउँमा उनको सम्बोधन कार्यक्रम राखिएको थियो । त्यहाँ गान्धीको भाषण सुन्न धेरै मानिस जम्मा भएका थिए । 

उनको भाषण समाप्त भएपछि भिडबाट एक वृद्धा महिला उठेर बिस्तारै गान्धीको आसनतिर अघि बढिन् । उनको कम्मर केही झुकेको थियो । कपाल फुलेर सेतै भएको थियो । कपडा पनि ठाउँठाउँमा फाटेको थियो । उनी गान्धीलाई भेट्न चाहन्थिन् । स्वयंसेवक उनलाई रोकिरहेका थिए । उनी भने जसरी भए पनि मलाई बापुसित भेट्नु छ भन्ने रट लगाइरहेकी थिइन् । 

अन्ततः उनी गान्धीको आसन भएको स्थानमा पुगिछाडिन् । उहाँ पुगेपछि उनले गान्धीको पाउ छोइन्, आफ्नो साडीको फेरमा बाँधेको तामाको सिक्का निकालिन् र गान्धीको पाउमा राखेर मञ्चबाट ओर्लिइन् । गान्धीले सो तामाको सिक्कालाई उठाए र सम्हालेर आफूसँगै राखे । त्यतिखेर चर्खा संघका कोषाध्यक्ष जमनालाल बजाज थिए । जब उनले गान्धीसित ती वृद्धाले दिएको तामाको सिक्का मागे, तब गान्धीले त्यो दिन अस्वीकार गरे । 

गान्धीको अस्वीकृति सुनेर जमनालालले हाँस्दै भने— बापु, चर्खा संघको कोषाध्यक्ष भएकाले हजारौँ रुपैयाँको चेक म नै राख्ने गर्छु । तर, तपाईं एउटा जाबो तामाको सिक्काका लागि ममाथि अविश्वास गर्दै हुनुहुन्छ । 

गान्धीले उत्तर दिए– यस तामाको सिक्काको मूल्य ती हजारौँ रुपैयाँभन्दा कैयौँ गुणा बढी छ । लाखौँ रुपैयाँ साथमा हुने मानिसले केही हजार दिनु अनौठो होइन । तर, यी गरिब वृद्धाका साथमा त यही तामाको सिक्का थियो । उनले त आफ्नो जीवनमा सञ्चित सम्पूर्ण पुँजी हामीलाई दिइन् । त्यसैले, यसको मूल्य करोडौँ रुपैयाँको भन्दा पनि बढी छ ।

ad
ad