१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Friday, 28 June, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o बैशाख २२ शुक्रबार १७:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिममा प्रदेशका योजना वडाबाटै छनाेट गरिँदै 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार १७:o२:oo

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशस्तरका योजना वडाबाटै छनाेट गर्ने तयारी अघि सारेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि सञ्चालन गर्ने योजना वडाबाटै छनाेट गरेर कार्यान्वयन गर्ने भएको हो। त्यसका लागि प्रदेश सरकारले प्रादेशिक निर्वाचन क्षेत्रस्तरीय योजना तर्जुमा गोष्ठी गरिरहेको छ।

कञ्चनपुरमा समेत प्रदेश निर्वाचन क्षेत्रस्तरीय योजना तर्जुमा गोष्ठी भइरहेका छन्। प्रादेशिक निर्वाचन क्षेत्र र उक्त क्षेत्रमा रहेका पालिकालक्षित गरेर क्षेत्र १ र २ का प्रादेशिक निर्वाचन क्षेत्रमा गोष्ठी गरिएको छ। बिहीबार शुक्लाफाँटा नगरपालिका हलमा निर्वाचन क्षेत्र २ (क) र (ख) तथा शुक्रबार बेलौरी नगरपालिका हलमा निर्वाचन क्षेत्र १ (क) र (ख)को गोष्ठी आयोजना गरियो।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारीसमेत रहेका इन्जिनियर हेमराज भट्टले निर्वाचन क्षेत्र १ र २ का चारवटै प्रादेशिक निर्वाचन क्षेत्रका सांसद एवं स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरिएको बताए। ‘हामीले आगामी वर्षका लागि वडा, पालिकाबाटै छनाेट भएका योजनाबारे सम्बन्धित पालिका क्षेत्रका जनप्रतिनिधि र प्रदेश सभा सदस्यसँग छलफल गरेका छौँ,’ इन्जिनियर भट्टले भने, ‘क्षेत्र १ का बेलडाँडी, बेलौरी पुनर्वास, लालझाडी र क्षेत्र २ का कृष्णपुर, शुक्लाफाँटा, बेदकोट नगरका जनप्रतिनिधिसँग योजनाबारे गहन छलफल गरेका छौँ।’

प्रदेश निर्वाचन क्षेत्रस्तरीय योजना तर्जुमा गोष्ठी संयोजन समितिको संयोजक महादेव विष्टले प्रदेश सरकारले वडाबाटै छनाेट भएका योजना कार्यान्वयन गर्नका लागि सम्बन्धित निर्वाचन क्षेत्रका जनप्रतिनिधि, प्रदेश सदस्य एवं प्रदेश सरकारका कार्यालय प्रमुखसँग छलफल गरेको बताए।

‘अब प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने योजना वडा, पालिकास्तरबाट छनाेट भएका योजना नै कार्यान्वयन गर्ने लक्ष्य अघि सारेको छ,’ उनले भने, ‘वडा, पालिका हुँदै जिल्ला समन्वय समितिमार्फत प्राथमिकताका आधारमा प्रदेश सरकारका सम्बन्धित विषयगत मन्त्रालय हुँदै प्रदेश सभा, मन्त्रिपरिषदबाट कार्यान्वयन हुनेछन्।’

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख धीरेन्द्र भट्टले प्रदेश सरकारले कार्यान्वयन गर्ने योजना प्रभावकारी बनाउन बस्तीस्तर वडाबाट छनाेट भएर पालिका, पालिकाबाट जिल्ला समन्वय र त्यहाँ पुगेका सबै योजना र थप योजना आवश्यकताका आधारमा थपेर प्रदेश सरकारमा पठाइने बताए।

ad
ad
ad
ad