१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o बैशाख २२ शुक्रबार १४:३५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

महावु : जहाँ एउटै रूखमा फुल्छन् चारथरी लालीगुराँस [तस्बिरहरू] 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार १४:३५:oo

समुद्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको दैलेखको महावु क्षेत्र जैविक विविधताका हिसाबले निकै महत्वपूर्ण छ। विशेष गरेर फागुनदेखि जेठसम्म महावु क्षेत्रका जंगलमा फुलेका लालीगुराँसले सबैलाई लोभ्याउँछ। 

याे सिजनमा दैलेखको महावु क्षेत्रमा एउटै रूखमा चारथरीको लालीगुँरास देख्न पाइन्छ । यति मात्र होइन, गुराँस, साल, सल्लो र काफलसमेत एकै स्थानमा भेटिन्छन्। 

तराईको प्रचण्ड गर्मी छल्न आन्तरिक पर्यटकलाई यता आकर्षित गर्न सके थुप्रै सम्भावना बाेकेकाे ठाउँ हाे याे। यसका लागि थप प्रचारप्रसार तथा राज्यकाे तदारुकता चाहिन्छ।  

महावु गाउँपालिकाका पूर्वअध्यक्ष जंगबहादुर शाहीले धार्मिक पर्यटकको निकै ठूलो सम्भावना रहेको बताए। यहाँको मनोरम दृश्यसँगै पाटन क्षेत्र भएकाले सरकारले दैलेखको महावु क्षेत्रलाई चलचित्र हवको रूपमा विकास गर्ने भनेर निर्णय गरेको भए पनि यसको थप व्यवस्थापनमा कुनै पनि काम नभएको उनले बताए। 

यस क्षेत्रमा सडकको सहज पहुँच मात्र विस्तार हुन सके दैनिक सयौँ आन्तरिक र बाह्य पर्यटकहरूको आगमन हुने देखिन्छ। अहिले यो क्षेत्रमा सातवटा निर्माण कम्पनीमार्फत सडक विस्तारको काम भइरहेको छ। 

ड्रोनबाट खिचिएका केही तस्बिरहरू