मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुख्य समाचार डिजिटल संस्करण

पक्राउ पुर्जी जारी गरिएका पूर्वमन्त्री रायमाझी र सभामुख एउटै मञ्चमा

Read Time : < 1 मिनेट
नवीन के‍सी, काठमाडौं
२०८० बैशाख २० बुधबार १९:५७:००

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा पक्राउ पुर्जी जारी गरिएका पूर्वमन्त्री, एमाले सचिव तथा संघीय सांसद टोपबहादुर रायमाझी सभामुखसँगै कार्यक्रममा देखिएका छन् । 

अर्घाखाँचीको छत्रदेवमा आज आयोजित महेन्द्र विद्याबोध माविको हिरक महोत्सवको उद्घाटन कार्यक्रममा रायमाझी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । 

सो कार्यक्रममा सभामुख देवराज घिमिरे प्रमुख अतिथि थिए । दुवैजना मञ्चमा सँगै बसेका थिए । रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक भएपछि दुवैजना कार्यक्रम सकिनुअघि नै मञ्चबाट बाहिरिए । 

पक्राउ पुर्जीको समाचार सार्वजनिक भएपछि उनीहरूकै आग्रहमा आयोजकले अन्य अतिथिभन्दा पहिले नै मन्तव्य राख्न दिएको थियो । आआफ्ना मन्तव्य सकिएलगत्तै दुवैजना कार्यक्रमस्थलबाट एकैपटक बाहिरिए । 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने रायमाझीले भुटानी शरणार्थीका आवरणमा भएको ठगी प्रकरणबारे कुनै प्रतिक्रिया दिएनन् ।