पक्राउ पुर्जी जारी गरिएका पूर्वमन्त्री रायमाझी र सभामुख एउटै मञ्चमा

बुधबार, २० बैशाख, २०८०
डिजिटल संस्करण

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा पक्राउ पुर्जी जारी गरिएका पूर्वमन्त्री, एमाले सचिव तथा संघीय सांसद टोपबहादुर रायमाझी सभामुखसँगै कार्यक्रममा देखिएका छन् । 

अर्घाखाँचीको छत्रदेवमा आज आयोजित महेन्द्र विद्याबोध माविको हिरक महोत्सवको उद्घाटन कार्यक्रममा रायमाझी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । 

सो कार्यक्रममा सभामुख देवराज घिमिरे प्रमुख अतिथि थिए । दुवैजना मञ्चमा सँगै बसेका थिए । रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक भएपछि दुवैजना कार्यक्रम सकिनुअघि नै मञ्चबाट बाहिरिए । 

पक्राउ पुर्जीको समाचार सार्वजनिक भएपछि उनीहरूकै आग्रहमा आयोजकले अन्य अतिथिभन्दा पहिले नै मन्तव्य राख्न दिएको थियो । आआफ्ना मन्तव्य सकिएलगत्तै दुवैजना कार्यक्रमस्थलबाट एकैपटक बाहिरिए । 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने रायमाझीले भुटानी शरणार्थीका आवरणमा भएको ठगी प्रकरणबारे कुनै प्रतिक्रिया दिएनन् ।

सुझावित समाचार