मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
२०८० बैशाख २० बुधबार १०:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

काफल बेचेर दैनिक दुई हजार आम्दानी

Read Time : < 1 मिनेट
२०८० बैशाख २० बुधबार १०:१८:००

यो काफल फल्ने सिजन हो । मध्य र पहाडी क्षेत्रका वन जंगलमा अहिले काफल पाकिरहेको छ । पहाडी जंगलमा फलेका काफल यतिवेला तराईका बजारमा बिक्री भइरहेको छ । नेपालगन्ज, कोहलपुरलगायतका बजारमा यतिवेला व्यापारीलाई काफल बिक्रीले व्यस्त बनाएको छ । 

काफल बिक्रीमा दैनिक दुई हजार रुपैयाँ आम्दानी हुने गरेको किसानहरू बताउँछन् । रोल्पाबाट दाङ हुँदै नेपालगन्जमा काफल बिक्री गर्न आएका व्यापारी खगेन्द्र बुढामगरले दैनिक चारदेखि पाँच क्यारेट (डाला) काफल बिक्री गर्ने बताए । काफलले नेपालगन्जमा राम्रो बजार पाएको उनले सुनाए । काफल बिक्रीका लागि घोराहीबाट नेपालगन्जमा आएका अर्का व्यापारी हरिनारायण चौधरीले यसबाट राम्रो आम्दानी भएको बताए ।

काफल स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । काफल पेटका लागि निकै फाइदाजनक हुने गरेको स्वास्थ्यकर्मी कविराम बुढाथोकी बताउँछन् । पहाडमा फलेको काफलभित्रको पोषक तत्वलाई जोगाई ब्रान्डिङ गरेर बिक्री गर्नुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका पूर्ववडाध्यक्ष सुनीलसिंह हमालको भनाइ छ ।