१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १६ शनिबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o बैशाख १६ शनिबार ११:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छोटे राजाहरू खोकी लाग्दैमा विदेश जान थाले : डा. प्रकाशचन्द्र लोहनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख १६ शनिबार ११:५९:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरूको प्रवेश भएको बताएका छन् । शनिबार माइतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका पूर्वअध्यक्ष लोहनीले नेताहरू सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित हुने गरेको बताएका हुन् ।

उनले नेपालमा नै उपचार हुन सक्ने कुरामा करोडौँ खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि जनाए । उनले वर्तमान नेताहरूलाई छोटे राजाको संज्ञा दिँदै सरकार र नेतृत्वले मनोमानी गरिहरहेको आरोप लगाए ।

उनले  नेताहरूलाई करोडौँ रुपैयाँ दिएर विदेशमा उपचार गराउन पठाउने तर र आविष्कारको क्षेत्रमा लगानी नगरेर वैज्ञानिक समाजवाद कसरी आउँछ ? भन्दै प्रश्न गरे । उनले वर्तमान राज्यसत्ता थोरै मानिसको हितको लागि मात्रै केन्द्रित भएको बताए । उनले सरकारले नेपालको विकासमा लागेका व्यक्तिलाई निरुत्साहित गरिरहेको आरोप लगाए । 

पूर्वअध्यक्ष लोहनीले अयोग्य लडाकुलाई अर्बौं रुपैयाँ छुट्याउन सक्ने सरकारले आविष्कार प्रवर्द्धनका लागि बजेट छुट्याउन सक्दिन भन्नु नाटक भएको बताए ।