१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन छनोट समिति बनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:२५:oo

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गर्न छनोट समिति बनाउने भएको छ । बोर्ड बैठकमार्फत केही दिनमै छनोट समिति बनाएर आवेदन परेका कम्पनीको छानबिन र मूल्यांकन गर्ने भएको हो ।

एक महिनाभित्र छानबिन र मूल्यांकन सकेर लाइसेन्स वितरण गर्ने तयारी रहेको बोर्ड अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए । उनले भने, ‘एक वा दुई दिनभित्र बोर्ड बैठक बस्छौँ र छनोट समिति बनाएर कम्पनीको मूल्यांकन पक्रियामा जान्छौँ ।’ मूल्यांकन समितिले आवदेन परेका तीनवटै स्टक एक्सचेन्ज कम्पनी र चारवटा कमोडिटी एक्सचेन्जको मूल्यांकन र छनोट गर्नेछ ।

स्टक एक्सचेन्ज निवेदक कम्पनीलाई मापदण्डका आधारमा अंक दिने व्यवस्था छ । जसको पूर्णांक १०० तोकिएको छ । विस्तृत व्यावसायिक कार्ययोजनाको ६० अंकबाहेक समितिले अन्य मापदण्डमा प्राप्त अंक र अंकभारलाई गणना गरी बोर्डसमक्ष पेस गर्नेछ । प्रस्तावित प्रविधिको २४ अंक, सञ्चालकको अनुभव र शैक्षिक योग्यतालाई आठ अंक र पुँजीलाई चार अंकभारमा विभाजन गरिएको छ ।

जसअनुसार आवेदन परेका हिमाल स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल, अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेड रहेको छ । त्यस्तै, कमोडिटीमा मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्ज, नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज रहेका छन् ।  जसमध्ये स्टकमा कुनै एउटाले लाइसेन्स पाउनेछन् भने कमोडिटीमा दुई कम्पनीले लाइसेन्स पाउनेछन् । 

ad
ad