मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १३ बुधबार ०९:३४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सिंहदरबारसहित भिभिआइपी क्षेत्रको फोहोर व्यवस्थापन भयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १३ बुधबार ०९:३४:००

सिंहदरबारसहितका भिभिआइपी क्षेत्रमा जम्मा भएको फोहोर काठमाडौं महानगरले व्यवस्थापन गरेको छ । २६ चैतदेखि महानगरले नउठाएको फहोर सोमबार र मंगलबार दुई दिनमै उठाएको हो ।

उक्त फोहोर बन्चरेडाँडामा व्यवस्थापन गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनका अनुसार सर्वोच्च अदालतबाट फोहोर उठाउनेसम्बन्धी आदेशको पत्र पाएसँगै फोहोर उठाउन थालेको थियो ।

यसअघि सिंहदरबारसँग विवाद बढेपछि महानगरका मेयर बालेन्द्र साहले सिंहदरबार, प्रधानमन्त्रीनिवास बालुवटारसहित भिभिआइपी क्षेत्रको फोहोर नउठाउने निर्णय गरेका थिए । सर्वोच्चको अन्तरिम आदेश र महानगरले उठाउन अनुमति दिएपछि फोहोर व्यवस्थापन गरिसकेको परिवर्तन सेवा प्रालिका अध्यक्ष मित्रकुमार घिमिरेले बताए ।

सिंहदरबारलगायत भिभिआइपी क्षेत्रको फोहोर १६ दिनसम्म नउठ्दा २५ टन जम्मा भएको थियो । ०६४ सालदेखि सिंहदरबार, प्रधानन्यायाधीश, सभामुख, मन्त्री क्वार्टर, राष्ट्रिय सभा अध्यक्ष, राष्ट्रपति भवनलगायत स्थानको फोहोर निजी कम्पनीले उठाउँदै आएका छन् । २७ वटा निजी कम्पनीले महानगरको फोहोर बन्चरेडाँडा पु¥याउँछन् । उपत्यकामा दैनिक उत्पादन हुने फोहोरको १० प्रतिशत फोहोर मात्रै महानगरले उठाउँछ ।