१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चितवन २ मा रवि लामिछानेको फराकिलो अग्रता    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:५८:oo

चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेको फराकिलो अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार लामिछानेले ४१ हजार पाँच सय चार मत प्राप्त गरेका छन्।

यसैगरी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ६ सय ९५ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले सात हजार तीन सय ९९ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

हालसम्म आठ सय ७० मत बदर भएको छ । उनका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ ।     
  

ad
ad