मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख १० आइतबार १०:१०:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख १० आइतबार १०:१०:००

सामान्य चर्किएको कोटेश्वर–कलंकी सडकखण्डको सर्भिस लेन भत्काएर मर्मत गर्न हतारिनुको कारण के हो ?
सामान्य तरिकाले हेर्दा यो सडक अन्य सडकभन्दा ठिकै देखिए पनि त्यहाँ ठूलो प्राविधिक समस्या देखियो । त्यसकारण हामीले यसलाई प्राथमिकतामा राखेर काम सुरु गरेका हौँ । सर्वसाधारणको नजरबाट सो सडकको सर्भिस लेनमा ठूलो समस्या नदेखिए पनि प्राविधिक रूपमा ठूलै समस्या थियो । सडक धसिन सक्नेसम्मको समस्या देखिएपछि हामीले तत्काल त्यसलाई मर्मत गर्न लागेका हौँ । अबका केही दिनमै सर्भिस लेन व्यवस्थित बन्छ ।

उपत्यकाका मुख्य र करिडोर सडकमा पछिल्लो समय खाल्डैखाल्डा देखिन्छन्, यसलाई टाल्ने जिम्मा कसको हो ?
विद्युत् प्राधिकरणले तार भूमिगत गर्दा अधिकांश सडक अस्तव्यस्त पारेको छ । खाल्डा खनेर जथाभावी छाडेको छ । यसमा प्राधिकरणको लापरबाही देखिन्छ । उहाँहरूले सामान्य समन्वयसमेत नगरी सडक भत्काउनुभएको छ । अर्को कुरा नियमित कालोपत्रे गर्ने, गाडी गुड्दा परेका खाल्डा टाल्ने जिम्मा विभाग, महानगरपालिका र सडक डिभिजनको हो ।

प्राधिकरणले भत्काएको सडक मर्मत गर्ने जिम्मेवारी कसको हो ? 
सडक जसले भत्काउँछ मर्मत पनि उसैले गर्नुपर्छ । प्राधिकरणले हामीसँग सम्झौता र सहमती गरेअनुसार भत्काएका सडक दुरुस्तै पार्ने प्रतिबद्धता जनाएको छ । तर, पछिल्लो समय खाल्डा टाल्दा झारा टार्ने प्रयास गरेको देखिन्छ । भत्काउनुअघि सडक जस्तो अवस्थामा थियो तार भूमिगत गरेपछि पनि त्यही अवस्थामा छाडिदिन हामीले पटकपटक प्राधिकरणलाई आग्रह गरिसकेका छौँ ।