Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० बैशाख ६ बुधबार ११:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमामा बढ्दै कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
२०८० बैशाख ६ बुधबार ११:४७:००

भारतसँग सीमा जोडिएका दार्चुलामा कोरोना संक्रमण बढ्दै गएको छ । चैत अन्तिम सातायता जिल्लामा कोरोना संक्रमित फेला पर्न थालेका छन् । कामको सिलसिलामा भारत गएकाहरू नयाँ वर्ष (विषु पर्व) को लागि घर फर्किएकाहरुमा कोरोना संक्रमण देखिन थालेको छ ।

जिल्ला अस्पताल दार्चुलाका निमित्त मेडिकल सुपरिडेन्ट सोमराज अवस्थीका अनुसार जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका ब्याँस गाउँपालिका–४ का २४ वर्षीया महिला, महाकाली नगरपालिका– ८ का ३६ वर्षीय पुरुष, महाकाली नगरपालिका–७ कि १८ वर्षीया महिला र दुहु गाउँपालिका–५ का २३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मौसममा आएको परिवर्तनले पनि विरामीको संख्या बढ्दै गएका छन् । 

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार चैत अन्तिम सातायता मात्रै जिल्लामा ११ जना कोरोना संक्रमित फेला परेका छन् ।  सीमा क्षेत्र पुलघाटमा नियमित कोरोना चेकजाँच भए पनि अन्य सीमा नाकामा कडाई गरिएको छैन् । जिल्लाको भारतसँग सीमा जोडिएको लाली, जोलजीवि, दत्तु, तिगरम, बडूगाउँ, मालघाट, सीतापुल नाका छन् । तर अन्य नाकामा चेकजाँचको व्यवस्थापन गरिएको छैन ।

भारतबाट फर्किनेमा संक्रमण देखिएपछि उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका बरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । ‘खलंगा पुलघाटमा बाह्य क्षेत्रबाट आउने नेपालीको कोरोना परिक्षण गरिरहेका छौँ, भट्टले भने ‘अन्य नाकामा पनि स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने तयारी छ ।’