मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ५ मंगलबार
  • Friday, 10 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o बैशाख ५ मंगलबार ११:५१:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्वादिष्ट खासी–पक्कु पोर्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख ५ मंगलबार ११:५१:oo

खासी पोर्क सबै ग्राहकले रुचाउने परिकार हो । यो सुँगुरको सुकुटी (स्मोक्ड पोर्क) भए पनि खाँदा नरम र स्वादिलो हुन्छ । खासी पोर्क पकाउन सुरुमा सुँगुरको करङ र फिलाको भागलाई सुकुटी काटेझैँ आकारमा काटिन्छ । त्यसपछि किकुमन सस र नुन स्वादअनुसार मिसाएर आधा घन्टा मेरिनेट गरेर गाँउघरमा सुकुटी सुकाएझैँ आगोमाथि सुकाउने गरिन्छ । 

आवश्यक सामग्री : फाक्सा, किकुमक सस, नुन स्वादअनुसार । अर्को परिकार पोर्क पक्कु हो । सुँगुरको मासुलाई ठूलो–ठूलो काट्ने र त्यसमा अदुवा–लसुनको पेस्ट, तोरीको तेल, जिराको धुलो, बेसार र नुन स्वादअनुसार हालेपछि राम्रोसँग मोलेर आधा घन्टा मेरिनेट गर्ने गरिन्छ । कसौडीमा मेरिनेट गरेको मासु हालेर ठप्पै हावा नछिर्ने गरी छोप्ने र सानो आगोमा तीनदेखि चार घन्टासम्म पकाउने, पाक्ने वेलामा स्थानीय मसला चिम्खिङ र खानाक्पा धुलो बनाएर हाल्ने गरिन्छ ।

आवश्यक सामग्री : फाक्सा, अदुवा–लसुनको पेस्ट, जिराको धुलो, बेसार, तोरीको तेल, चिम्खिङ, खानाक्पा र नुन स्वादअनुसार ।