१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘राष्ट्रिय सभालाई सरकारले संघीय संसद्को रूपमा स्विकार्न सकेन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:२८:oo

राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रूपमा स्विकार्न नसकेको आरोप लगाएका छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको महत्व बराबर भए पनि सरकारले त्यसलाई स्विकार्न नसकेको बताएका हुन्।

सरकारले राष्ट्रिय सभा पनि संघीय संसद्को एउटा ‘पार्ट’ हो र राष्ट्रिय सभाविना संघीय संसद् हुन सक्दैन भन्ने कुरा मान्न नसकेको उनले जिकिर गरे। उनले सरकारले राष्ट्रिय सभाका चारवटा समितिले दिने निर्देशन र सुझाव सरकारले गम्भीरताका साथ नलिएको भन्दै आपत्ति जनाए।

‘केही कुराबाहेक, समानन्तर रूपमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको महत्व, गरिमा र अधिकारलाई स्थापित गरेका छौँ । तर, दुःखको कुरा मिडियाको, बुद्धिजीवीहरूको, आममानिसको कुरा छोडौँ। सरकारले राष्ट्रिय सभा पनि संघीय संसद्को एउटा पार्ट हो भन्ने कुरा बुझ्नै खोजिरहेको छैन,’ कांग्रेस सांसद देवले भने।

ad
ad