Skip This
मेसी आगामी सिजन बार्सिलोना फर्कन सक्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २ शनिबार
  • Friday, 26 July, 2024
म्याड्रिड
२o८o बैशाख २ शनिबार o८:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसी आगामी सिजन बार्सिलोना फर्कन सक्ने

Read Time : < 1 मिनेट
म्याड्रिड
नयाँ पत्रिका
२o८o बैशाख २ शनिबार o८:५३:oo

अर्जेन्टिनी कप्तान लियोनल मेसी पेरिस सेन्ट जर्मेन (पिएसजी)मा रमाइरहेका छन् । पहिलोभन्दा दोस्रो सिजनमा मेसीको प्रदर्शन उत्कृष्ट छ । विश्व च्याम्पियन खेलाडी मेसीको यसै जुन महिनामा पिएसजीसँगको सम्झौता सकिँदै छ । मेसीका एजेन्सीले पिएसजीसँग सम्झौता नवीकरण सम्बन्धमा वार्ता अगाडि बढाएको छ । सम्झौता नवीकरण नहुँदा मेसी फ्री ट्रान्सफर माध्यमबाट कुनै पनि क्लबमा आबद्ध हुन सक्छन् । यस्तोमा मेसीलाई बार्सिलोनाले पुनः भित्र्याउने प्रयास गर्नेछ । 

बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले मेसी अर्को सिजनमा स्पेनिस क्लबमा आबद्ध हुन सक्ने जनाएका छन् । ‘मेसीको अन्तिम विकल्प नै बार्सिलोना हो, यदि उनले चासो देखाए स्पेनिस क्लबमा तत्कालै अनुबन्धित हुन सक्छन्,’ लेवान्डोस्कीले भने, ‘त्यसपछि बार्सिलोनाको संरचना कस्तो हुन्छ, भन्न सकिँदैन ।’ 

लेवान्डोस्कीले मेसीसँगै बार्सिलोनाबाट खेल्ने चाहना भएको जनाएका छन् । ‘मेरो भित्री इच्छा भनेको मेसीसँगै बार्सिलोनाबाट प्रतिस्पर्धा गर्नु हो,’ आफ्नो इच्छा जनाउँदै लेवान्डोस्कीले भने, ‘त्यो सम्भावना नभएको भन्न सकिँदैन, अहिले पनि उनका लागि बाटो खुला छ ।’ 

बार्सिलोनाको खेल इतिहासमा मेसी सर्वकालीन गोलकर्ता हुन् । बार्सिलोनामा मेसीको १० नम्बरको जर्सी सुरक्षित रहेको लेवान्डोस्कीको भनाइ छ । ‘तपाईंहरूलाई विश्वास लाग्दैन, बार्सिलोनाले मेसीको १० नम्बर जर्सी अझै सुरक्षित राखेको छ,’ उनले भने ।