१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २९ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २९ बुधबार १३:५९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ज्ञानेन्द्र शाहीको आरोप– सरकार आफैँ मिटरब्याजी हो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २९ बुधबार १३:५९:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले वास्तविक मिटरब्याजी सरकार आफैँ भएको आरोप लगाएका छन्।

प्रमुख सचेतक शाहीले जुम्लालगायतका माथिल्लो कर्णालीका निर्माण व्यवसायीको बजेट बैंकमा राखेर सरकारले चर्को ब्याज खाइरहेको भन्दै तत्काल त्यसको निकासा गर्न माग गरे । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो बजेट रोक्का गर्नुको कारणबारे एक हप्ताभित्र संसदमा जवाफ दिन सरकारसँग माग गर्दै जवाफ नआए सदन अवरुद्ध पार्ने चेतावनी दिए ।

‘सरकार भन्छ– मिटरब्याजीको समस्या समाधान भयो । हिजो मात्रैको घटना हो । जुम्लालगायत माथिल्लो कर्णालीका निर्माण व्यवसायी झुन्डिन तयार छन् । सरकारले मिटरब्याजीहरूलाई कारबाही गर्छु भनेकाे छ, तर वास्तविक मिटरब्याजी यो सरकार हो,’ शाहीले भने, ‘नेपाल सरकारले अहिले राज्यको पैसा मात्रै दुई खर्ब ११ अर्ब रुपैयाँ फिक्स डिपोजिट गरेको छ । सरकार निर्माण व्यवसायी वा अन्यलाई रकम नदिएर तीन खर्ब ६२ अर्ब ७७ करोड रुपैयाँ सरकारी खातामा राखेर आज ब्याज खाइरहेको छ ।’

प्रमुख सचेतक शाहीले बैंकमा पैसा राखेर विकास, निर्माणको काम ठप्प पार्ने काम नगर्न पनि सरकारलाई पटकपटक चेतावनी दिए ।