मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १३ शनिबार
  • Saturday, 30 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २९ बुधबार १३:११:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २९ बुधबार १३:११:००

महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन्।

बैंकको टीकापुर शाखाले टीकापुर नगरपालिका– १ मा अवस्थित जालवादेवी सेवा समितिलाई आठ थान सिसीक्यामेरा हस्तान्तरण गरेको छ । मन्दिरपरिसरभित्र रहेका सभागृह, मन्दिर आदिमा सम्भावित चोरी तथा अन्य सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको हो । टीकापुर शाखाका प्रमुख पदमबहादुर कठायत र टीकापुर नगरपालिका– १ का वडाध्यक्ष मोहन विकले संयुक्त रूपमा जालवादेवी सेवा समितिका अध्यक्ष हर्कबहादुर रावललाई सामग्री हस्तान्तरण गरेका थिए।

त्यसैगरी, बैंकको महेन्द्रनगर शाखाद्वारा समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान्न, झोला, खेलकुद सामग्री तथा अन्य आवश्यक सामग्री हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ। अनाथालयमा रहेका २६ बालबालिकाको आधारभूत आवश्यकता परिपूर्ति गर्न बैंकले अनाथालयलाई उक्त सहयोग गरेको हो । महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्ला र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले संयुक्त रूपमा अनाथालयका कार्यवाहक अध्यक्ष दिवाकर भट्टलाई सामग्री हस्तान्तरण गरेका थिए।

साथै, बैंकको डडेल्धुरा शाखाद्वारा अमरगढी नगरपालिका– ८ मा अवस्थित उग्रतारा वेद विद्याश्रमका लागि आवश्यक खाद्यान्न हस्तान्तरण गरिएको छ । विद्याश्रममा अध्ययनरत ३० बटुकको दैनिक आधारभूत आवश्यकता पूरा गर्न सहजता मिलोस् भन्ने उद्देश्यले बैंकले विद्याश्रमलाई उक्त सहयोग प्रदान गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका नायव प्रदेश प्रबन्धक तथा डडेल्धुरा शाखाका प्रमुख चेत पाण्डेले विद्याश्रमका प्राचार्य प्रेमराज भट्टलाई सामग्री हस्तान्तरण गरेका थिए ।