१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o५:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o५:५७:oo

जनकपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालयमा पुर्‍याइएका विद्यालय तहका पाठ्यपुस्तक । मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी, कोसी प्रदेशका उदयपुर, ओखलढुंगा र खोटाङ तथा बागमतीको सिन्धुली गरी नौ जिल्लाका सरकारी विद्यालयमा यहाँबाट पाठ्पुस्तक पठाइन्छ ।

आगामी शैक्षिक सत्रका लागि ती जिल्लाका विद्यालयलाई आवश्यक पुस्तकको ८०% आइसकेको जनक शिक्षा प्रादेशिक कार्यालय जनकपुरका प्रमुख रुद्र खनालले बताए । बाँकी २०% पुस्तक पनि तयारी अवस्थामा रहेको, तर गोदामको अभावले तत्काल ल्याउन नसकिएको उनको दाबी छ ।

खनालका अनुसार नौ जिल्लामा ७९ डिलरमार्फत पाठ्यपुस्तक वितरण हुँदै आएको छ । ‘विगतका वर्षमा जस्तो आगामी वर्ष पाठ्यपुस्तक अभाव हुँदैन,’ उनले भने, ‘विद्यार्थीले समयमै पुस्तक पाउने हाम्रो विश्वास छ ।’

ad
ad