Skip This
तस्बिरमा बिस्का जात्रा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत २७ सोमबार
  • Wednesday, 12 August, 2026
२o७९ चैत २७ सोमबार १७:२o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा बिस्का जात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २७ सोमबार १७:२o:oo

भक्तपुरमा आजदेखि सुरु भएको बिस्का (बिस्केट) जात्रामा रथ तान्न सुरु गरिएको छ । आठ रात नौ दिनसम्म मनाइने यो जात्रा सोमबार बिहानदेखि सुरु भएको हो। टाैमढीस्थित भैरवको रथमा पूजा गर्न बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको थियो। 

रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न पाइँदैन।

आजको जात्रा सम्पन्न भएपछि चैत्र ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाउने जात्रा हुनेछ।

आगामी वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको छ।