
हिमालयन बैंक लिमिटेडले काभ्रको साँगामा रहेको स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपांगमैत्री एटिएम सञ्चालनमा ल्याएको छ । सबैका लागि बैंक, सबैका लागि बैंकिङ सुविधा भन्ने उद्देश्यले बैंकले आफ्नो एटिएम सुविधा उक्त स्थानमा सुरु गरेको हो ।
एटिएमको उद्घाटन स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रको २१औँ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित समारोहमा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दीक्षितले संयुक्त रूपमा गरेको उल्लेख छ ।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबरालगायत बैंक तथा उक्त संस्थाका उच्चपदस्थ कर्मचारीहरूको पनि उपस्थिति रहेको जनाइएको छ । हाल बैंकले देशभरि रहेका एक सय ८९ शाखा, २० विस्तारित काउन्टर र दुई सय ६३ भन्दा बढी एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।