१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २६ आइतबार
  • Saturday, 28 September, 2024
२o७९ चैत २६ आइतबार २२:oo:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अज्ञात समूहको आक्रमणमा २० को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २६ आइतबार २२:oo:oo

पूर्वी कंगोमा एक विद्रोही समूहले गरेको आक्रमणमा परी आइतबार करिब २० जनाको मृत्यु भएको छ।

एलाइड डेमोक्रेटिक फोर्सेस (एसडिएबफ) ले एनेबुला गाउँनजिकै शुक्रबार अपराह्न ४ बजे किसानहरूमाथि आक्रमण गरेको स्थानीय नागरिक समाजका नेता प्याट्रिक मुकोहेलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । 

मुकोहेले उत्तरी किवु प्रान्तको ओइचा सहरबाट करिब ३० किलोमिटर पश्चिममा रहेको उक्त हत्या स्थलमा २१ जना महिला र पुरुषको शव फेला परेको बताएका छन् । ओइचा अस्पतालको मुर्दाघरमा काम गर्ने जुल्स काम्बालेले १९ जनाको शव प्राप्त भएको जानकारी दिएका छन् । 

क्षेत्रीय सैन्य प्रशासक चार्ल्स एहुता ओमेगाले आक्रमणको पुष्टि गर्दै उक्त आक्रमणमा ‘एडिएफ आतंककारीहरू’ जिम्मेवार रहेको दाबी गरे ।

सन् १९९० को दशकमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा आफ्नो पकड जमाएको एडिएफमाथि हजारौँ सर्वसाधारणको हत्या गरेको आरोप लाग्दै आएको छ ।

सन् २०१९ यता पूर्वी डिआरसीमा एडिएफका केही आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ, जसले उक्त समूहलाई आफ्नो स्थानीय शाखा इस्लामिक स्टेट मध्य अफ्रिका एकाइको रूपमा वर्णन गरेको छ ।

सामाजिक सञ्जालमा सेयर गरिएको र मुकोहेले प्रमाणित गरेको भिडियोमा एउटा भिडले काठको फ्रेममा बाँधिएको, घाँटी रेटेको व्यक्तिको शवलाई घेरेर हेरिरहेको देखाइएको छ । 

मृतकको शव ओइचाको शवगृहमा आइपुग्दा केही युवाले विरोधमानजिकैको राष्ट्रिय सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए । 

गत महिना अमेरिकाले एडिएफ नेता सेका मुसा बालुकुका बारेमा जानकारी दिनेलाई ५० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको थियो । रासस