मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २३ बिहीबार २२:५७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमएफ र आइएफसीसँग अर्थमन्त्रीको छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २३ बिहीबार २२:५७:००

अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेज र विश्व बैंकमातहतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेसँग छलफल गरेका छन् । 

छलफल सिंहदरबारस्थित अर्थमन्त्रालयमा भएको हो । भेटमा अर्थमन्त्री डा. महतले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा आइएमएफ र आइएफसीसँगको योगदानको चर्चा गरेका थिए । उनले विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आगामी दिनमा अझ सशक्तढंगले अघि बढ्न सक्ने विश्वास व्यक्त गरे । 

आइएमएफ र आइएफसीका प्रतिनिधिले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा थप सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।