१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वित्तीय प्रणाली के हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:३९:oo

वित्तीय संस्था, वित्तीय उपकरण र वित्तीय मध्यस्थताको सामूहिक स्वरूप समग्र वित्तीय प्रणालीको रूप हो । वित्तीय साधनको परिचालन र उपयोग गर्ने कार्यमा संलग्न व्यक्ति, संस्था र संयन्त्र तथा यस्तो कारोबारका लागि आवश्यक कानुनी र नियमनकारी निकायको व्यवस्थासमेतलाई वित्तीय प्रणाली भनिन्छ ।

यस्ता तत्वमा वित्तीय संस्था, वित्तीय बजार, वित्तीय उपकरण, बचतकर्ता, ऋणी, बिमा क्षेत्र तथा नियमनकारी निकायहरू वित्तीय प्रणालीमा पर्दछन्, जसले समाजमा छरिएर रहेको बचत तथा पुँजीलाई एकत्रित गरी आवश्यक उत्पादनशील क्षेत्रमा प्रवाह गर्न तथा परिचालन गर्न महत्वपूर्ण भूमिका खेल्दछ । 

यी तत्वले राज्यको प्रचलित नियम–कानुनअनुसार नियमनकारी निकायको अधीनमा रही आफ्ना गतिविधि सञ्चालन गर्दछन् । देशमा उद्योगधन्दाको विकास र आधुनिकीकरणका अतिरिक्त रोजगारीका अवसरहरू सिर्जना गरी अर्थव्यवस्थाको सुदृढीकरणमा वित्तीय प्रणालीको विशेष भूमिका रहन्छ ।
– नेपाल धितोपत्र बोर्ड

ad
ad