१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o९:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पोखरामा अशोक लेल्यान्डको  नयाँ सोरुम र सर्भिस सेन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:३२:oo

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्घित अशोक लेल्यान्डले पोखरामा आफ्नो स्टाइलिस, बेस्ट–इन–क्लास सोरुम र स्टेट–अफ–द–आर्ट सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अर्को थप कदमका रूपमा यो कार्य अगाडि बढाएको हो । 

सोरुमले अशोक लेल्यान्डका फुल रेन्ज सवारीसाधन उपलब्ध गराउने जनाइएको छ । ग्राहकले आफ्नो अनुकूलताअनुसार विभिन्न मोडलको स्पेसिफिकेसन तथा फिचर तुलना गरी आफूलाई उपयुक्त सवारीसाधन छनोट गर्न सक्ने कम्पनीको भनाइ छ । आधिकारिक सर्भिस सेन्टर, पिके ट्रेडिङसँग अनुभवी तथा तालिमप्राप्त र सीपयुक्त प्राविधिकहरूको समूह रहेको जनाइएको छ ।

जसले अशोक लेल्यान्डका सबै कमर्सियल सवारीसाधन मोडलमा भएका समस्याको समाधान र मर्मत गर्न सक्ने कम्पनीले जनाएको छ । मर्मत कार्यलाई छिटो र कुशलतापूर्वक सम्पन्न गर्ने सुनिश्चितताका लागि सर्भिस सेन्टर अत्याधुनिक टुल्स र इक्विपमेन्टले सुसज्जित रहेको जनाइएको छ । 

स्पेयर पार्टस् डिपार्टमेन्टले सबै प्रकारका कमर्सियल सवारीसाधनका लागि उपयुक्त जेन्युइन पार्टस्को स्टक उपलब्ध गराउने कम्पनीले जनाएको छ । आफ्नो सवारीसाधनमा फिट हुने र प्रभावकारी रूपमा कार्य गर्ने गरी डिजाइन गरिएका स्पेयर पार्टस् उपलब्ध हुने भएकाले ग्राहक ढुक्क हुन सक्ने कम्पनीको दाबी छ ।

पोखरा–बाग्लुङ राजमार्गको पस्र्याङमा अवस्थित सोरुमले छिटो र भरपर्दो ‘बिक्रीपछिको सेवा’ उपलब्ध गराउने कम्पनीको दाबी छ । हाल कम्पनीका देशभर १८ आउटलेट रहेका र निकट भविष्यमै चारवटा थप आउटलेट सञ्चालनमा आउने जनाइएको छ । त्यस्तै, देशभर ४८ स्पेयर पार्टस् आउटलेट रहेको कम्पनीको दाबी छ । 
 

ad
ad