Skip This
६ वटा प्रदेशमा नबिलको ग्लोबल मनी विक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १९ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १९ आइतबार १o:२५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ वटा प्रदेशमा नबिलको ग्लोबल मनी विक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १९ आइतबार १o:२५:oo

एक हजार चार सयलाई वित्तीय शिक्षा 

‘ग्लोबल मनी विक’का अवसरमा नबिल बैंकले देशभरका २५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ६ वटा प्रदेशमा यो कार्यक्रम चलाएको हो ।ग्लोबल मनी विकका अवसरमा एक हजार चार सयजनालाई वित्तीय शिक्षा प्रदान गरेको बैंकले जानकारी दिएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो एघारौँ संस्करण हो ।

युवाहरूमा वित्तीय शिक्षाको जागरण ल्याउने उद्देश्यले सप्ताहिक अभियानका रूपमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक मनाउँदै आएको छ । सुदूरपश्चिम प्रदेशका १४ वटा शाखा, बागमती प्रदेशका तीनवटा शाखा, कर्णालीका दुई, लुम्बिनी प्रदेशका पाँच शाखा, मधेस प्रदेशको एक शाखाले कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

अधिकांश शाखाले क्याम्पस तथा विद्यालयमा कार्यक्रम आयोजना गरेको जनाइएको छ । यस अभियानअन्तर्गत बैंकिङ–वित्तीय, पुँजी बजार, बिमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएको उल्लेख छ ।