
नेपाल पत्रकार महासंघको आयोजनामा राष्ट्रिय मिडिया सम्मेलन शुक्रबार लुम्बिनीमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्मेलनको उद्घाटन गरेकी छिन् । देशभरका पत्रकार महासंघका जिल्ला अध्यक्ष, संगठनका अध्यक्ष तथा पदाधिकारीहरू सम्मेलनमा सहभागी छन् ।
तीन दिनसम्म जारी रहने सम्मेलनले मिडिया सञ्चालनसम्बन्धी नीतिगत विषयमा छलफल गरी घोषणापत्र जारी गर्ने नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए । उद्घाटन सत्र कार्यक्रम अहिले जारी छ । उद्घाटन सत्रपश्चात् विभिन्न विषयमा रहेर छलफल हुनेछ ।