१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

फेरि बढ्यो कोभिड संक्रमण, नयाँ भेरियन्ट हुन सक्ने आशंका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१९:oo

झन्डै शून्यमा झरिसकेको कोभिड संक्रमण नेपालमा फेरि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मात्रै थप ३४ जनामा कोभिड संक्रमण देखिएको छ । चैतको सुरुवातदेखि देखिन थालेको संक्रमण केही दिनयता दैनिक बढ्न थालेको मन्त्रालयले जनाएको छ । 

तर, परीक्षण गराउनेको संख्या न्यून भएकाले समुदायस्तरमा कोभिड संक्रमण निकै बढेको हुन सक्ने चिकित्सकले अनुमान गरेका छन् । चिकित्सकहरू कोभिडको नयाँ भेरियन्ट फैलिएको हुन सक्ने बताउँछन् । पछिल्ला दिनमा संक्रमित भेटिन थालेपछि जिन परीक्षणका लागि २४ वटा स्याम्पलमा क्लिनिकल परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ । 

डा. शेरबहादुर पुन सरुवारोग विशेषज्ञ
फ्लु र कोभिडका लक्षण लिएर छिटफुट अस्पतालसम्म पुगिरहेका बिरामीमा स्वाद र गन्ध थाहा नपाउनेजस्ता पुराना कोभिडका लक्षण देखिएका छन् । कोभिडका भेरियन्टमा लगातार फेरबदल भइरहेकाले अर्को भेरियन्ट देखिनु नौलो कुरा रहेन । तर, भ्याक्सिनको उच्च प्रयोग भइसकेकाले फेरि मास संक्रमण फैलिने सम्भावना कम देखिन्छ ।

संक्रमण बढेसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक सय तीन पुगेको छ । योसँगै परीक्षणको दरसमेत बढाइएको र विशेषगरी भारतसँग सिमाना जोडिएका क्षेत्रमा निगरानी बढाइएको मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारी बताए । बुधबार एक हजार तीन सय ३० नमुना परीक्षण गरिएको थियो । 

भारतमा पनि कोभिड संक्रमण बढिरहेको र कोभिडका लक्षणसहितका बिरामी समुदायस्तरमा देखिएकाले कोभिडको अर्को भेरियन्ट फैलिएको हुन सक्ने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । पछिल्लो समय जिनमाथि गरिएका परीक्षणमा ओमिक्रोनका थुप्रै सबभेरियन्ट देखिएकाले फेरबदल भएर आउन सक्ने उनको भनाइ छ । ‘फ्लु र कोभिडका लक्षण लिएर छिटफुट अस्पतालसम्म पुगिरहेका बिरामीमा स्वाद र गन्ध थाहा नपाउनेजस्ता पुराना कोभिडका लक्षण देखिएका छन् । कोभिडका भेरियन्टमा लगातार फेरबदल भइरहेकाले अर्को भेरियन्ट देखिनु नौलो कुरा रहेन । तर, भ्याक्सिनको उच्च प्रयोग भइसकेकाले फेरि मास संक्रमण फैलिने सम्भावना कम देखिन्छ,’ उनले भने ।

जोखिममा रहेकालाई मात्र खोप लगाउन डब्लुएचओको सुझाव  
विश्व स्वास्थ्य संगठनका खोप विशेषज्ञहरूले विश्वव्यापी कोभिड– १९ खोप मापदण्ड परिमार्जन गरेका छन् । नयाँ मापदण्डअनुसार कोभिडको बुस्टर खोपको डोज स्वस्थ बालबालिका र किशोरकिशोरीलाई कम प्राथमिकतामा राखेर जोखिम समूहलाई मात्र खोप लगाउन आवश्यक रहेको बताइएको छ । खोप विशेषज्ञहरूको रणनीतिक सल्लाहकार समूहले मृत्यु र गम्भीर रोगको सबैभन्दा ठूलो जोखिममा रहेकाका लागि कोभिड खोपलाई प्राथमिकता दिन रोडम्याप डिजाइन गरिएको डब्लुएचओले जनाएको छ । 

संक्रमणको जोखिममा रहेका, जस्तै वृद्धवृद्धा, सबै उमेरका इम्युनोकम्प्रोमाइज्ड व्यक्ति, फ्रन्टलाइन स्वास्थ्यकर्मी र गर्भवतीलाई मात्र अन्तिम बुस्टर डोज लगाएको १२ महिनापछि मात्रै थप डोज लगाउन सिफारिस गरिएको छ । यसबाहेक अन्य व्यक्तिमा भने नियमित बुस्टर डोजको आवश्यकता नपर्ने बताइएको छ । १८ वर्षदेखि ६० वर्षमुनिका स्वस्थ व्यक्तिमा पहिलो र दोस्रो डोजबाहेकका बुस्टर डोज आवश्यक नभएको बताइएको हो । ६ महिनादेखि १७ वर्षसम्मका स्वस्थ बालबालिकाका लागि भने रोगको बोझ र यसको प्रभावकारिताका आधारमा देशहरूले आफूअनुकूल खोप प्रयोगमा ल्याउन सक्ने बताइएको छ । नेपालमा भने हाल बुस्टर डोज प्रयोगमा आइरहेको छ । पहिलो र दोस्रो डोज खोप लगाउने संख्या निकै कम रहेकाले दोस्रो चरणको बुस्टर डोज खोप प्रयोगमा आइरहेको मन्त्रालयले जनाएको छ ।

 

ad
ad