१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार २२:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रहरी भ्यानले सर्वसाधारणलाई ठक्कर दिएको भन्दै प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २२:२९:oo

बागमती प्रदेशको राजधानी हेटौँडामा प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले जिल्ला प्रहरी कार्यलय मकवानपुरअगाडि टायर बालेर प्रदर्शन गरेका छन् । 

बुधबार साँझ प्रहरीको भ्यानले हेटौँडाको बुद्धचोकमा प्र.०३ ००१ झ ०१२३ नम्बरको प्रहरी भ्यानले ना. ४९प ११९ र बागमती प्रदेश ०३–००५प ३०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । तीव्र गतिमा आएको प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको उनीहरूको भनाइ छ । 

दुर्घटनामा घाइते भएका दुईमध्ये एकजनाको हेटौँडा अस्पताल र अर्का एकजनाको अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी प्रवक्ता कार्कीका अनुसार दुवैको पहिचान खुल्न बाँकी छ ।

ad
ad