१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १४ मंगलबार १३:०८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘साओमी १३ लाइट’ नेपाली बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १४ मंगलबार १३:०८:००

साओमीले नेपाली  बजारमा साओमी १३ लाइट सार्वजनिक गरेको छ । डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागसिप  क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागसिप स्मार्टफोन स्लिम डिजाइन तथा इमर्सिभ डिस्प्लेसहित सार्वजनिक भएको छ ।

साओमी १३ लाइटमा ५० एमपी ट्रिपल क्यामेरा सेटअप रहेको छ जसमा मुख्य क्यामेरा रहेको आइएमएक्स ७६६ सेन्सर जडान गरिएको छ । इमेजिङ इन्जिनद्वारा सञ्चालित साओमी १३ लाइटको बलियो कम्प्युटेसनल  फोटोग्राफी क्षमताहरूको साथ आई ट्रयाक फोकस र मोसन क्याप्चरको साथ चलिरहेको विषयहरूमा स्वचालित रूपमा फोकस गर्न सक्षम छ । 

फ्ल्यागसिप लेभल रियर क्यामेरा सेटअपको साथ साओमी १३ लाइट डुअल फ्रन्ट क्यामेरा सेटको साथ  सुसज्जित छ । ३२ एमपी फ्रन्ट क्यामेराले क्रिस्टल–क्लियर सेल्फीहरू प्रदान गर्दछ भने यसको ८ एमपी फ्रन्ट  क्यामेराले सेल्फ–पोट्रेटहरूमा प्राकृतिक रूपहरूका लागि थप डिटेल प्रदान गर्न देप्थ सेन्सरको रूपमा  काम गर्दछ ।

साओमी १३ लाइटले डायनामिक फ्रेमिङ पनि प्रदान गर्दछ, जसले फ्रेममा भएका  व्यक्तिहरूको संख्यालाई पत्ता लगाई, दृश्यको क्षेत्रलाई स्वतः समायोजन गर्दछ र उपयुक्त रूपमा जुम  इन वा जुम आउट गर्दछ ।

सेल्फी जुम, पकेट मिरर र साओमी सेल्फी ग्लोजस्ता उपयोगी र रमाइलो सुविधाहरू समावेश  गरिएको साओमी १३ लाइटले सबै उच्च गुणस्तरको सेल्फीहरू र भिडियो कलहरू सजिलै लिन सक्ने कम्पनीको दाबी छ। 

लाइट ब्लु र लाइट पिंक गरी साओमी १३ लाइट दुई रंग र ८+१२८ जिबी र ८+२५६ िगरी दुई भेरियन्टमा उपलब्ध छ । ८+१२८ जिबी र ८+२५६ जिबी भेरियन्टको मूल्य क्रमशः ५४ हजार नाै सय ९९ र ५७ हजार नाै सय ९९ रुपैयाँ तोकिएको छ ।