१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Sunday, 11 May, 2025
२o७९ चैत १४ मंगलबार ११:१३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विभिन्न ठाउँमा एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार ११:१३:oo

 एभरेष्ट बैंकले ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ आयोजना गरिएको ग्लोबल मनी विकमा देशका सातवटै प्रदेशका विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

आइतबारसम्म चलेको ग्लोबल मनी विकमा बैंकले युवा अवस्थादेखि नै पैसा बुद्धिमानीपूर्वक व्यवस्थापन गर्न सिक्न, यसले भविष्यका लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पुर्‍याउन मद्दत गर्ने विश्वाससहित बैंकले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 

यसका साथै किशोर–किशोरी तथा युवा–युवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रममा सक्रिय सहभागिता जनाएको बैंकले उल्लेख गरेको छ ।

पन्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंकले देशभरमा एक सय २४ शाखा, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक सय ६० एटिएम तथा ३२ राजस्व संकलन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।