मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Wednesday, 02 September, 2026
मोहन विष्ट कञ्चनपुर
२o७९ चैत १० शुक्रबार १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार १४:४४:oo

कञ्चनपुरमा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका– १० मदनटोल सार्की गाउँकी कलशा सार्कीको मृत्यु भएको हो। 

शुक्रबार बिहान नेपाल–भारत सीमाक्षेत्रमा पर्ने दुधुवा नेसनल पार्कमा मेलापात गर्न गएकी ३२ वर्षीया कलशाको मृत्यु भएको हो। 

पुनर्वास नगरपालिका– १० का वडाध्यक्ष शुकदेव रानाले बाघको आक्रमणमा परेर कलशाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। 

अहिले घटनास्थलमा दुवै देशका वनका अधिकारी तथा  सुरक्षाकर्मी पुगेका छन्। शव घटनास्थलबाट उठाउने तयारी भइरहेको छ।