मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत ९ बिहीबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ९ बिहीबार १५:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

राताम्मे सेयर बजार, १९ सयकाे विन्दुनजिक नेप्से 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ९ बिहीबार १५:३६:oo

हप्ताकाे काराेबारकाे अन्तिम दिन आज बिहीबार पनि सेयर बजार राताम्मे भएको छ। आज सेयर बजार परिसूचक नेप्से १८.१५ अंकले घटेर १९१५.१४ विन्दुमा झरेको छ।

यस दिन सबै समूहको सेयर घटेको छ। यसमा पनि जलविद्युत्, माइक्रो फाइनान्स र बिमा समूहको सेयर उच्च अंकले ओरालो लागेको छ। २ सय ५९ वटा कम्पनीका ४३ लाख ४० हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४१ करोड ३१  लाख रुपैयाँमा कारोबार भएका छन्।

सबैभन्दा धेरै एनआइसी एसिया बैंकको २१ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै मायाखोला जलविद्युत्, एसियन हाइड्रोपावर र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर सेयर १० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा युनिक नेपाल लघुवित्त कम्पनी र सिर्जनशील लघुवित्त छन्।