१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
देश/विदेश
२०७९ चैत ९ बिहीबार ११:०८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सी जिनपिङको रुस भ्रमणको अर्थ

Read Time : > 2 मिनेट
देश/विदेश
२०७९ चैत ९ बिहीबार ११:०८:००

चिनियाँ राष्ट्रपति सी जिनपिङ रुसको राजकीय भ्रमणका लागि यही ६ चैतमा मस्को पुगेका छन् । रुसी समाजका सबै तहबाट न्यानो स्वागत र अन्तर्राष्ट्रिय जनमतको उच्च ध्यानाकर्षणले यो भ्रमण एक राष्ट्रप्रमुख स्तरको महत्वपूर्ण कूटनीतिक परिघटना हो भन्ने देखिन्छ । यस भ्रमणले ऐतिहासिक उचाइमा रहेको चीन–रुस सम्बन्धलाई थप उचाइमा पुर्‍याउनेमा हामी विश्वस्त छौँ ।

भ्रमणले दुई मुलुकका जनताका लागि ठोस लाभ मात्र नभई नयाँ युगका लागि चीन र रुसबीचको व्यापक रणनीतिक साझेदारीले निर्धारण गरेको क्षेत्र र विश्वको शान्ति एवं विकासलाई प्रवद्र्धन गर्नेछ ।सीको प्रस्थानका दिन दुवै राष्ट्राध्यक्ष सी र रुसी समकक्षी भ्लादिमिर पुटिनले चीन र रुसका कोणबाट भ्रमणको उच्च स्तरको व्याख्या गर्दै एकअर्काको मूलधारको सञ्चारमाध्यममा महत्वपूर्ण लेख प्रकाशित गरेका थिए । यसले चीन र रुसबीचको उच्च स्तरको रणनीतिक आपसी विश्वासलाई पनि झल्काउँछ ।

यी दुई लेखले हामीलाई दुई राष्ट्रप्रमुखबीचको गहिरो व्यक्तिगत मित्रता र चिरस्थायी चीन–रुस मित्रताको आभास गराएको छ । राष्ट्रपति सीले लेखमा ‘चीन र रुसले राज्य–राज्य अन्तर्क्रियाको सही मार्ग फेला पारेको छ । इतिहास र वास्तविकताबाट सिकेको पाठ, अन्तर्राष्ट्रिय परिस्थितिको परीक्षामा खरो उत्रिनका लागि यो सम्बन्ध आवश्यक छ’ भनेर लेखेका छन् । अमेरिकाले सिर्जना गरेको क्षेत्रीय टकराव र नयाँ शीतयुद्धको आँधीबेहरीबीच यस प्रकारको अन्तर्क्रियाको मूल्य आजको समयमा विशेष छ । 

वास्तवमा यो चिनियाँ कूटनीतिको नयाँ किसिमको अन्तर्राष्ट्रिय सम्बन्ध हो, जसले नयाँ युगमा पारस्परिक सम्मान, निष्पक्षता, न्याय एवं लाभयुक्त सहयोगको अभ्यास गर्ने आह्वान गर्छ । चीन र रुसबीचको सम्बन्ध असंलग्नता, गैरटकराव र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने सिद्धान्तमा आधारित नयाँ किसिमको अन्तर्राष्ट्रिय सम्बन्धको सफलताको उल्लेखनीय उदाहरण हो । यी सम्बन्धले पश्चिमा राष्ट्रको वैचारिक शिविर र विभाजन त्यसका साथै शक्ति बाँडफाँड, ब्याज आदानप्रदान र प्रमुख शक्तिबीचको वर्चस्व–अधीनता सम्बन्धको पुराना प्रतिमानले साना गुटलाई पूर्ण रूपमा निस्तेज पारेको छ ।

राष्ट्रपति सीको मित्रता, सहयोग र शान्तिको यात्राले चीन–रुस सम्बन्धलाई नयाँ उचाइ दिनेछ 

चीन र रुस एकअर्काका सबैभन्दा ठूला छिमेकी राष्ट्र हुन्, जहाँ राष्ट्रिय अवस्था, जनभावना, राजनीतिक प्रणाली र ऐतिहासिक एवं सांस्कृतिक पृष्ठभूमिमा महत्वपूर्ण भिन्नता छन् । यसकारण अमेरिका र पश्चिमका केही मानिसको संकीर्ण सोचअनुसार चीन–रुस सम्बन्ध बिग्रनु स्वाभाविक हो । तर, चीन र रुसबीचको सम्बन्ध राम्रो मात्रै नभई निकै राम्रो छ र यो तथ्य बुझ्न उनीहरूलाई गाह्रो छ । यस अवस्थामा यी मानिसले अद्यावधिक हुन र समयको गति पक्रिन जरुरी छ । चीन र रुसले लामो अनुभवले खोजेको र सञ्चित गरेको दीर्घकालीन मैत्रीपूर्ण र पारस्परिक लाभकारी सहयोगलाई बाह्य विचलनले कमजोर र विखण्डित पार्नेछैन । साथै, यसले सामञ्जस्यपूर्ण सहअस्तित्व, सामान्य स्थिरता र सन्तुलित विकासमा आधारित प्रमुख–राष्ट्र सम्बन्धको ढाँचाको अन्वेषणलाई उल्लेखनीय रूपमा बढाउँछ ।

चीन र रुस राम्रोसँग मिल्न सक्ने भएकाले अन्य राष्ट्र पनि सिद्धान्ततः यसरी नै मिल्न सक्छन् । अर्थात् जति धेरै मुलुकले यस्तो नयाँ किसिमको अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्छन्, विश्व त्यति नै शान्त हुनेछ । ठीकविपरीत, पूर्वाग्रह, वैचारिक आसक्ति र मुलुकबीच विद्यमान भूराजनीतिक स्वार्थ अन्तर्राष्ट्रिय सम्बन्धको आदर्श अवस्थाका बाधक हुन् । मानवीय राजनीतिक सभ्यताको प्रगति र शान्त विश्वको स्थापना यी अवरोधलाई पार गर्नेमा निर्भर छ ।

राष्ट्रपति सीले लेखमा मार्च २०१३ मा रुस भ्रमणका क्रममा आफूले पहिलोपटक मानवजातिको साझा भविष्यको परिकल्पना भएको समुदायको अवधारणा प्रस्ताव गरेको उल्लेख गरेका थिए । विगत १० वर्षमा मानवताको भाग्य थप नजिकबाट एकअर्कासँग गाँसिएको देखिन्छ ।

मानवजातिको साझा भविष्यको परिकल्पना भएको समुदायको आदर्शले सबै मानवजातिको साझा सहयोगले मात्र साझा समस्या र चुनौतीको समाधान हुन सक्छ भन्ने पैरवी गर्छ । सबै मानवजातिको साझा हित विभाजित र अस्थिर संसारको साटो एकताबद्ध र शान्तिपूर्ण संसारमा छ ।

राष्ट्रपति सीले पछि क्रमशः बेल्ट एन्ड रोड इनिसिएटिभ, ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, ग्लोबल सेक्युरिटी इनिसिएटिभ र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभको प्रस्ताव गरेका थिए । यी सबैले मानवजातिको साझा भविष्यको परिकल्पना भएको समुदायका लागि हाम्रो दृष्टिकोणलाई समृद्ध बनाएको छ र त्यसतर्फ व्यावहारिक मार्ग उपलब्ध गराएको छ । यी विश्वव्यापी, समसामयिक र ऐतिहासिक परिवर्तनमा चीनको प्रतिक्रियाको एक हिस्सा हो । यसरी लामो इतिहास रहेको चीन–रुस सम्बन्धले विश्वका लागि सूचना र प्रमाणको एक विस्तृत एवं समृद्ध स्रोत प्रदान गर्नेछ ।

अमेरिकी र पश्चिमा केही जनमतले आफ्नो संकीर्ण सोचका कारण चीन र रुसबीचको सामान्य आदानप्रदानलाई द्वेषपूर्ण ढंगले प्रचारबाजी यसलाई एक प्रकारको ‘गल्ती’ भनेर विकृत पार्न खोजेका छन् । चीन–रुस सम्बन्धको खुलापन र पारदर्शिता यी अफवाहका सबैभन्दा बलियो प्रतिक्रिया हुन् । युक्रेन संकटमा यो भ्रमणले के भूमिका खेल्छ भन्नेबारे बाहिरी विश्व चिन्तित छ र वास्तवमा हामीले राष्ट्रपति सी र राष्ट्रपति पुटिनका दुई लेखबाट यसको जवाफ पाउन सक्छौँ ।

विश्वमा मौजुद अशान्तिका पृष्ठभूमिमा चीन र रुसले रणनीतिक पारस्परिक विश्वासका साथ मित्रतापूर्ण छिमेकी र ठूला शक्तिका रूपमा सहअस्तित्व कायम गर्ने बाटो तय गरेका छन् । यी दुई मुलुकले ठूला शक्तिबीचको सम्बन्धका लागि नयाँ प्रतिमान स्थापित गर्दै विश्वलाई चौतर्फी प्रेरणा दिएका छन् । राष्ट्रपति सीको मित्रता, सहयोग र शान्तिको यात्राले चीन–रुस सम्बन्धलाई नयाँ उचाइ दिनेछ र मानवजातिको साझा भविष्यको परिकल्पना भएको समुदायको विकासलाई अगाडि बढाउन नयाँ मोडलको रूपमा काम गर्नेछ भन्ने हाम्रो विश्वास छ ।
(ग्लोबल टाइम्सको ७ चैतको सम्पादकीय)