मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
द इकोनोमिस्ट
२०७९ चैत ७ मंगलबार १०:१९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ठूला परियोजनाहरू किन निर्धारित बजेट र समयमै सकिँदैनन् ?

केवल ८.५ प्रतिशत मेगा प्रोजेक्ट मात्रै निर्धारित समय र बजेट लागतमा पूरा हुन्छन्

Read Time : > 3 मिनेट
द इकोनोमिस्ट
२०७९ चैत ७ मंगलबार १०:१९:००

धेरै देशका मेगा प्रोजेक्ट (ठूला निर्माण परियोजना)हरू अकुशलताको पर्याय बनेका छन् । अमेरिकामा एउटा राजमार्गको निर्माण प्रारम्भिक बजेटको पाँच गुणा खर्च भएपछि मात्रै सकिएको थियो । बोस्टन सहरको केन्द्र भएर गएको ‘बिग डिग’ भनेर चिनिने महानगरीय राजमार्गको निर्माण पूरा हुन समय र लागत निर्धारितभन्दा धेरै बढी खपत भयो । 

सन् १९७६ को मोन्ट्रियल ओलम्पिकका लागि रंगशाला बनाउँदा पनि यस्तै भएको थियो । रंगशाला निर्माण परियोजनाको लागत प्रारम्भिक लागत अनुमानभन्दा धेरै गुणा बढेपछि त्यसलाई ‘बिग ओई’ (ठूलो ऋणभार सिर्जना गरेको) परियोजना भन्न थालियो । यो परियोजनाका लागि लिइएका ऋण तिर्न ३० वर्ष लागेको थियो । ठूला परियोजनाहरू जर्मनीमा समेत निर्धारित समय र लागतमा सकिँदैनन् । सन् २००६ बाट बनाउन सुरु भएको बर्लिनको ब्रान्डेनवर्ग विमानस्थल निर्धारित समयभन्दा १० वर्ष ढिलो गरी सन् २०२० मा मात्रै सम्पन्न भएको थियो ।

बेलायतको सबैभन्दा ठूलो निर्माण गरियोजनाको स्थिति पनि यस्तै लाजमर्दाे छ । उक्त परियोजना पूरा हुन अझ थुप्रै वर्ष लाग्न सक्छ । सन् २०१२ मा बेलायत सरकारले इंग्ल्यान्डको मध्यभाग भएर कुद्ने उच्च गतिको रेलमार्ग एचएस–२ निर्माण योजना स्वीकृत ग¥यो । विलम्बको शृंखलाका रूपमा अर्काे अड्चन यसै महिना सामुन्ने आएको छ । सौभाग्य रह्यो भने सन् २०३० को दशकको कुनै वर्ष यो मेगा प्रोजेक्ट पूरा होला । रुटलाई केही छोट्याइएको वा सहायक मार्गहरूमा कटौती गर्दा पनि यसको लागत अहिले नै प्रारम्भिक अनुमानभन्दा दोब्बर हुने देखिएको छ । एचएस–२ मा मूल योजनाअनुरूप निर्धारित समयबाट रेलहरू कुद्नेछैनन् ।

एचएस–२ जस्ता मेगा प्रोजेक्टहरूलाई अक्सफोर्ड विश्वविद्यालयका प्राज्ञ एवं विषयविज्ञ बेन्ट फ्लाइभजेर्ग र पत्रकार डान गार्डनरले ‘हाउ बिग थिङ्स गेट डन’ नामक आफ्नो रोचक पुस्तकको विषयवस्तु बनाएका छन् । फ्लाइभजेर्गले संकलन गरेका १६ हजारभन्दा धेरै परियोजनाका जानकारीले ढिलाइ र लागत वृद्धिको गहन कथा बताउँछ ।

एचएस–२ जस्ता मेगा प्रोजेक्टहरूलाई अक्सफोर्ड विश्वविद्यालयका प्राज्ञ एवं विषयविज्ञ बेन्ट फ्लाइभजेर्ग र पत्रकार डान गार्डनरले ‘हाउ बिग थिङ्स गेट डन’ नामक आफ्नो रोचक पुस्तकको विषयवस्तु बनाएका छन् । फ्लाइभजेर्गले संकलन गरेका १६ हजारभन्दा धेरै परियोजनाका जानकारीले ढिलाइ र लागत वृद्धिको गहन कथा बताउँछ ।

उनको निष्कर्षअनुसार केवल ८.५ प्रतिशत मेगा प्रोजेक्ट मात्रै निर्धारित समय र बजेट लागतमा पूरा हुन्छन् भने केवल ०.५ प्रतिशत परियोजना मात्रै लागत, समय र निर्धारित लाभ पूरा गर्ने सवालमा खरो उत्रिएका देखिन्छन् । उनको टोलीले एचएस–२ का जोखिमहरूको मूल्यांकनमा संलग्न थियो । फ्लाइभजेर्गको सुझाव सफलताको ग्यारेन्टी भने होइन । यद्यपि, ठूला हुन् या साना किन परियोजनाहरू समय र अनुमानित लागतमा सकिँदैनन् भन्नेबारे उनीहरूले निकालेको निष्कर्ष निकै सटिक छ ।मनोवैज्ञानिक र राजनीतिक दुवैखाले पूर्वाग्रहबाट अति–आशावादी अनुमान (समय तथा लागत स्टिमेट) सिर्जना हुन्छन् ।

तथ्यांकको सट्टा अन्तरध्वनिमा निर्भर रहँदा अनुमानहरू तथ्यपरक हुँदैनन् । फ्लाइभजेर्ग र गार्डन यसलाई ‘रणनीतिक गलत व्याख्या’ भन्छन् । राजनीतिज्ञ वा योजनाकारहरूले सही आकलन गर्दा कुनै पनि निर्माणकार्य सुरुआतसमेत गर्न सकिँदैन भन्ने ठाने भने उनीहरूले बजेटलाई जानाजान कम आकलन गर्न पुग्छन् । लागत कम देखाइदिँदा मानिसलाई उनीहरूलाई पैसा बर्बाद गरिएको जस्तो लाग्दैन र उनीहरू परियोजना रोक्न हिचकिचाउँछन् । अर्थात्, कामको सुरुआत गर्नकै लागि भनेर लागत कम देखाइन्छ ।

योजनाहरूको निर्माण पनि अक्सर हतारमा गरिन्छ । लेखकद्वय निर्माणमा जानुअघि चलचित्रबारे केस्राकेस्रा केलाउने पिक्सारको विधिको खुलेर प्रशंसा गर्छन् । उनीहरू कसरी फ्रयाक गेह्रीको अत्यन्त सावधान आर्किटेक्चरल मोडलहरूले बिलबाओस्थित गुगेनहाइम संग्रहालयको सफलता सुनिश्चित गर्न मद्दत गरेको थियो भन्ने कथा पनि बताउँछन् । पूर्ण योजनासहित कार्यान्वयनको चरणमा जाँदा अनपेक्षित रोकावटको सम्भावना कम हुन्छ । एचएस–२ सञ्चालन गर्ने सम्बन्धमा मानिसहरू असहमत देखिन्छन् । सिद्धान्ततः हालका विलम्बले बेलायत सरकारका प्रत्येक वर्ष खर्च गर्ने क्षमतालाई घटाउँछ भने व्यवहारमा अझै धेरै चिज गलत हुने जोखिम बढाउँछ ।

परियोजनाहरू विशेषका साथै सामान्य कारणले पनि समस्याग्रस्त बन्न पुग्छन् । दृष्टान्तका लागि चीनमा योजना निर्माण बेलायतको जस्तो झन्झटिलो छैन । साथै, ठूला सार्वजनिक पूर्वाधार परियोजनाहरूका उद्देश्य, निर्माण अवधि, सूक्ष्म परीक्षण आदि पनि चीनको संगठित पहलकदमीभन्दा फरक छन् ।

अति ठूला परियोजनाहरू विशेषगरी समस्यामा पर्ने सम्भावना हुन्छ । यसैगरी, परियोजनालाई जति धेरै पुनरावृत्तियोग्य प्रक्रियामा विभाजन गर्न सकियो, सफलताको सम्भावना उत्तिकै राम्रो हुन्छ । फ्लाइभजेर्गको डाटाबेसले सौर्य ऊर्जा र वायु ऊर्जा जडान परियोजनामा यस्तो समस्या कम रहेको देखाउँछ । किनभने, मापदण्डअनुरूपका घटकहरूलाई क्रमैसँग जोडेर तिनलाई तयार गर्न सकिने भएकाले समय र खर्चमा ठूलो फेरबदल नआउने सम्भावना रहन्छ । तर, आणविक ऊर्जा केन्द्र र ओलम्पिकजस्ता विशाल परियोजनाहरू भने जोखिमपूर्ण हुन्छन् ।

ठूला निर्धारित परियोजनाहरूमा निहित जोखिम कम गर्न भने सम्भव छ । कोही–कोही परमाणु ऊर्जाको भविष्य मोड्युलर रियाक्टरहरूमा निहित छ भन्ने सोच्छन् । आगामी वर्षको ग्रिष्मकालीन ओलम्पिक आयोजना गर्न गइरहेको पेरिसले अधिकांश खेलस्थलमा मौजुदा सुविधाहरूकै उपयोग गर्दै छ । रेलका ट्र्याकदेखि भायडक्ट (तयारी खण्ड)सम्मका चिजहरूको मानकीकृत डिजाइन तथा उत्पादन प्रक्रियाका कारण चीनले यो शताब्दीको सुरुमा एक दशकभन्दा कम समयमै विश्वको सबैभन्दा ठूलो उच्च गतिको रेल सञ्जाल निर्माण गर्न सकेको छ ।

परियोजनाहरू विशेषका साथै सामान्य कारणले पनि समस्याग्रस्त बन्न पुग्छन् । दृष्टान्तका लागि चीनमा योजना निर्माण बेलायतको जस्तो झन्झटिलो छैन । साथै, ठूला सार्वजनिक पूर्वाधार परियोजनाहरूका उद्देश्य, निर्माण अवधि, सूक्ष्म परीक्षण आदि पनि चीनको संगठित पहलकदमीभन्दा फरक छन् । तर, यहाँ सबैखाले व्यवस्थापकले सिक्नुपर्ने पाठ छन् । यदि तपाईं सम्भव भएसम्म मानकीकरण गरेर मिहिन ढंगले योजना बनाउनुहुन्छ भने योजनाहरू असफल हुने वा अनुमानले फेल खाने सम्भावना कम रहन्छ भन्छन् फ्लाइभजेर्ग र उनका सहलेखक ।