१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ४ शनिबार ०९:४६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

शुक्रबहादुरलाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत ४ शनिबार ०९:४६:००

भुवन नगरकोटीलाई चार स्ट्रोकले पछि पार्दै शुक्रबहादुरले करिअरकै ११औँ उपाधि जिते

नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राईले शुक्रबार सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको यो पाँचौँ प्रतियोगिता हो । अन्तिम दिन शुक्रबहादुरले दुई अन्डर ७० स्कोर गरेका थिए । उनले समग्रमा २३ अन्डर २६५ को स्कोर गर्दै उपाधि हात पारेका हुन् । दोस्रो स्थानमा रहेका भुवन नगरकोटीलाई शुक्रबहादुरले चार स्ट्रोकले पछि पार्दै करिअरको ११औँ उपाधि जिते । सूर्य नेपाल गल्फ टुरमा ७२ होलमा उनले भारतीय खेलाडीले राखेको रेकर्डसमेत बराबरी गरेका छन् । 

सन २००८ को सूर्य नेपाल मास्टर्समा भारतीय समिम खानले पनि ३३ अन्डरको रेकर्ड राखेका थिए । यही प्रतियोगिताको दोस्रो दिन शुक्रबहादुरले ११ अन्डर ६१ स्कोर गर्दै नयाँ कोर्स रेकर्ड बनाएका थिए । विजेता शुक्रबहादुरले एक लाख ४० हजार रुपैयाँ जिते । चार अन्डर ६८ स्कोरका साथ समग्रमा १९ अन्डर २६९ स्कोरसहित भुवन दोस्रो भए । उनले ९० हजार रुपैयाँ हात पारे । 

चार अन्डर ६८ सहित समग्रमा १५ अन्डर २७३ स्कोर गरेका सदभाव आचार्य तेस्रो भएका छन् । १६ वर्षीय युवा गल्फर सदभावले पहिलोपटक एमेच्योरतर्फको उपाधि जितेका हुन् । उनले नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङलाई एक स्ट्रोकले हराउँदै उपाधिमाथि कब्जा जमाए । सुवासले अन्तिम दिन सात अन्डर ६५ को स्कोर कार्ड बनाए । समग्रमा १४ अन्डर २७४ स्कोरसहित सुवास प्रोफेसनलतर्फ चौथो र एमेच्योरमा दोस्रो भए । 

फ्रन्ट र ब्याक नाइनमा शुक्रबहादुर बलियो
शुक्रबहादुरले एक ओभर ३७ स्कोरमा फ्रन्ट नाइनको खेल सकाए । पहिलो होलमै बोगी सामना गरेका उनले दोस्रो, तेस्रो र पाँचौँ होलमा बर्डी प्रहार गरे । छैटौँ होलमा एक सट खेर फाल्दा उनले तीन पारको आठौँ होलमा ट्रिपल बोगी खेपे । नवौँ होलमा उनले एक सट बचाए । यसपछि ११औँ, १२औँ र १५औँ होलमा बर्डी निकाली उनले ब्याक नाइन तीन अन्डर ३३ स्कोर गरेका थिए । 

दोस्रो स्थानमा रहेका भुवनले फ्रन्ट नाइन दुई अन्डर ३४ स्कोर गरे । उनले आठौँ होलको बोगीका विरुद्ध तेस्रो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । यसपछि १५औँ र १६औँ होलमा एक–एक सट बचाउँदै उनले ब्याक नाइन दुई अन्डर ३४ स्कोर गरेका थिए । राष्ट्रिय टोलीका सदस्य सदभावले करिअरकै उत्कृष्ट नतिजा निकाल्ने क्रममा अन्तिम दिन फ्रन्ट नाइन दुई अन्डर ३४ स्कोर गरेका थिए । तेस्रो र छैटौँ होलमा बर्डी प्रहार गरेका सदभावले पाँचौँ र नवौँ होलमा बोगी खेपेका थिए ।