![](https://nayapatrikadaily.com/assets/img/newsharelogo.jpg)
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तीन दशकभन्दा बढी समयपछि पहिलो पटक पोलियोको संक्रमण देखिएको बुरुन्डीले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसंघीय निकायले एक विज्ञप्ति जारी गर्दै मध्य अफ्रिकी राष्ट्रमा नमुना–२ पोलियो भाइरसका आठ वटा घटना फेला परेको जनाएको छ ।
बुरुन्डीका स्वास्थ्य अधिकारीहरूले देशको पश्चिमी क्षेत्रमा खोप नलगाएका चार वर्षीय बालक र उनको सम्पर्कमा आएका अन्य दुई बालबालिकामा पनि संक्रमण देखिएको उल्लेख गरेका छन् । अन्य पाँच वटा नमुना–२ पोलियोको भाइरस फोहोर पानीमा फेला परेको डब्ल्यूएचओले जनाएको छ ।
पोलियो एक सङ्क्रामक रोग हो । यसले स्नायु प्रणालीलाई सङ्क्रमित गर्दछ र अपरिवर्तनीय पक्षाघात निम्त्याउन सक्छ । यसले मुख्यतया साना केटाकेटीहरूलाई हानि पु¥याउँछ । तर यसको रोकथाम अत्यधिक प्रभावकारी र धेरै सस्तो खोपको प्रयोगबाट रोक्न सकिन्छ ।
डब्ल्यूएचओका क्षेत्रीय अफ्रिका निर्देशक मात्शिडिसो मोएतीलाई उद्धृत गर्दै एक विज्ञप्तिमा बुरुन्डीले तीव्र गतिमा संक्रमण पत्ता लगाउनुले देशको रोग निगरानीको प्रभावकारितालाई दर्शाएको बताएका छन् ।