
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय र प्रदेश सभा सदस्यहरूलाई चियापानको निम्तो दिएका छन् ।
आफूलाई राष्ट्रपतिमा निर्वाचित गरेकोमा धन्यवाद दिन उनले शनिबार बिहान नौ बजेका लागि सांसदहरूलाई चियापनमा बोलाएका हुन् ।
राष्ट्रपतिले सांसदहरूसँगै प्रमुख दलका प्रमुख नेताहरूलाई पनि चियापानमा आमन्त्रण गरेका छन् ।